PRABHU BANK

‘आवश्यक भन्दा बढी बचत संकलन गर्दा सहकारी क्षेत्रमा समस्या आयो’: गभर्नर अधिकारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सहकारी संस्थाहरूले आवश्यक भन्दा बढी बचत संकलन गर्दा सहकारी क्षेत्रमा समस्या आएको बताएका छन् । सोमबार सिंहदरबारमा बसेको सहकारी संस्था बचत दुरुपयोग संसदीय छानविन विशेष समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

सो बैठकमा गभर्नर अधिकारीले भूगोलको सीमा नराखिएको, असीमित बचत संकलन गर्न दिइएको र सुपरीवेक्षण हुन नसकेको जस्ता कारणहरुले गर्दा सहकारीको क्षत्रमा आजको विकराल अवस्था देखा परेको उल्लेख गरेका छन् ।

गभर्नर अधिकारीले असीमित बचत संकलन गर्नु सहकारीको मुख्य समस्या रहेको जनाएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै