PRABHU BANK

पाकिस्तान स्टक एक्सचेन्जको भवनमा आगलागी हुँदा रोकियो सेयर कारोबार

काठमाडौँ ।  पाकिस्तान स्टक एक्सचेन्जको भवनमा आगलागी भएको छ । सोमबार कराँचीस्थित स्टक एक्सचेन्जको भवनको चौथो तल्लाबाट आगलागी सुरु भएको हो ।

आगलागी भएपछि केही बेर एक्सचेन्जमा सेयर कारोबार रोक्का गरिएको त्यहाँका सञ्चार माध्यमहरूले बताएका छन् । आगलागी सुरु हुनेबित्तिकै भवनबाट कर्मचारीहरुलाई बाहिर निकालिएको र तत्काल आगो निभाउने प्रयासमा जुट्दा मनविय क्षेति र ठुलो भौतिक क्षतिबाट बचेको सञ्चार माध्यम डन डट कमले उल्ले गरेको छ ।

पछिल्लो समय पाकिस्तानको सेयर बजार रेकर्ड उच्च विन्दुमा कारोबार भइरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै