PRABHU BANK

‘वित्त नीति अनुकूल हुनेगरी मौद्रिक नीति आउँछ’: गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वित्त नीति अनुकूल हुने गरी मौद्रिक नीति ल्याउने तयारी भइरहेको बताएका छन् । सोमबार आगामी आर्थिक वर्षको मौद्रिक नीतिका सम्बन्धमा प्रतिनिधिसभा अन्तर्गतको अर्थसमितिमा भएको छलफलका क्रममा उनले यस्तो बताएका हुन् ।

गभर्नर अधिकारीले मुलुकको अर्थतन्त्रमा देखिएको शिथिलता अन्त्य गर्न वित्त नीति अनुकूल हुने, बजार चलायमान बनाउने र निजी क्षेत्रको आत्मविश्वास जोगाउनेगरी आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउने तयारी भइरहेको जनाएका छन् ।

उनले आगामी आर्थिक वर्षको बजेटमा राखेको ६ प्रतिशतको आर्थिक वृद्धिदर र ५.५ प्रतिशतको मौद्रिक नीतिको लक्ष्यलाई सहयोग पुर्याउन गरी मौद्रिक नीति ल्याउने राष्ट्र बैंकको तयारी रहेको उल्लेख गरेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै