PRABHU BANK

बैंकहरूलाई जोखिम व्यवस्थापनमा ध्यान दिन आरबीआई गभर्नर दासको आग्रह

काठमाडौं । भारतीय रिजर्व बैंक (आरबीआई)का गभर्नर शक्तिकान्त दासले बैंकहरूलाई सुशासन मापदण्ड, जोखिम व्यवस्थापन अभ्यास र अनुपालन संस्कृतिलाई अझ बलियो बनाउन आग्रह गरेका छन् । रिजर्भ बैंकको नियन्त्रित संस्थाहरूको वरिष्ठ व्यवस्थापनले सार्वजनिक क्षेत्रका बैंकहरू र निजी बैंकहरूका प्रबन्ध निर्देशकहरू र प्रमुख कार्यकारी अधिकृतहरूसँगको अन्तरक्रियामा उनले यस्तो बताएका हुन् ।

बैंकहरूको सम्पत्ति गुणस्तर, ऋण प्रावधान, पूँजी पर्याप्तता र नाफामा निरन्तर सुधार भएपनि थप मेहेनत गर्नु पर्ने देखिएको आरबीआईले जारी गरेको विज्ञप्तिमा पनि भनिएको छ ।

बैंकिङ क्षेत्रको उच्च लचिलोपन र बललाई स्वीकार गर्दै बैंकहरूमा सुशासनको मापदण्ड, जोखिम व्यवस्थापन अभ्यास र अनुपालन संस्कृतिलाई थप सुदृढ गर्नुपर्ने आवश्यकता रहेको गभर्नर दासले बताएका छन् ।

दासले बैंकहरूले बलियो साइबर सुरक्षा नियन्त्रणहरू सुनिश्चित गर्न र तेस्रो- पक्ष जोखिमहरू प्रभावकारी रूपमा व्यवस्थापन गर्न आवश्यक पर्ने कुरामा पनि जोड दिएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै