PRABHU BANK

‘बैंकहरुको ब्याड लोन उठाउन छुट्टै कम्पनी आवश्यक छ’: गभर्नर अधिकारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरुको ब्याड लोन उठाउन छुट्टै कम्पनी आवश्यक रहेको बताएका छन् । शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले बैंकहरुको खराब कर्जा धेरै भएकाले त्यस्तो ब्याड लोन उठाउन छुट्टै कम्पनी आवश्यक रहेको बताएका हुन् ।

गभर्नर अधिकारीले ब्याड लोन उठाउन कम्पनी आवश्यक महसुस भएको बताउँदै त्यसका लागि ऐनको ड्राफ्ट भइरहेको पनि बताएका छन् ।

कम्पनी ऐनले स्थापना भएको कम्पनीले अहिलेका बैंकहरुको ब्याड लोन उठाउन सहज नहुने भन्दै यसका लागि विशेष किसिमको ऐनको आवश्यकता महसुस गरिएको उनको भनाई छ । तर, यसको मोडालिटी कस्तो हुने भन्ने विषयमा भने थप छलफल गर्ने गभर्नर अधिकारीले बताएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै