‘खराब कर्जा अनुपात बढेर ८ प्रतिशतसम्म पुग्न सक्छ’: सुनिल केसी

काठमाडौँ। नेपाल बैकर्स संघका अध्यक्ष सुनिल केसीले खराब कर्जा अनुपात बढेर ८ प्रतिशतसम्म पुग्न सक्ने बताउँछन् । अध्यक्ष केसीले बैंकिङ क्षेत्रमा तनाव र दबाब दुवै थपिएकोले खराब कर्जा अनुपात अझै बढ्न सक्ने बताएका हुन् ।

चालु आवको चैतमा बैंकहरुको निष्क्रिय कर्जा अनुपात ३.९८ प्रतिशत रहेको छ भने उक्त अनुपात बढेर ७ देखि ८ प्रतिशतसम्म पुग्न सक्ने अध्यक्ष केसीले आँकलन गरेका थिए ।

अध्यक्ष केसीले निष्क्रिय कर्जा बढ्ने भए पनि डराउनु पर्ने अवस्था नरहेको बताएका छन् । उनले भने, ‘श्रीलंकाको एनपीएल दर १३ प्रतिशत रहेकोमा हाललाई नेपालको मध्यम मान्नुपर्छ ।’

निर्माण क्षेत्र, कृषि, घरेलु, मझौला तथा साना उद्योगमा बढीभन्दा बढी लागनी फसेकोले अफ्ठ्यारो परेको अध्यक्ष केसीले बताएका छन् ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्