PRABHU BANK

सिटिजन्स बैंकद्वारा विद्यालयलाई २० वटा फ्यान सहयोग

काठमाडौं । सिटिजन्स बैंकले कैलालीको सुप समावेशी आधारभूत विद्यालयलाई फ्यान सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुदूरपश्चिम प्रदेश, कैलाली जिल्ला अत्तरियामा अवस्थित सुप समावेशी आधारभूत विद्यालयलाई २० वटा फ्यान सहयोग स्वरुप उपलब्ध गराएको हो ।

दिन प्रतिदिन बढ्दै गएको गर्मीको कारण अशक्त बालबालिकाहरुको पठनपाठन र दिनचर्यामा असर परेको हुँदा गर्मीको असर बाट बालबालिकालाई जोगाउन विद्यालयलाई फ्यान सहयोग गरेको बैंकले जनाएको छ ।

बैंकको यस कार्यबाट विद्यार्थीहरुको दैनिक क्रियाकलाप र पठनपाठनमा केही सहजता हुने बैंकलप विश्वास छ ।

सुप समावेशी आधारभूत विद्यालय शारीरिक रुपमा अपांगता भएका बालबालिकाहरुलाई आवासिय रुपमा राखेर अध्यापन गराउने सुदूरपश्चिम प्रदेशको एक मात्र विद्यालय हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै