PRABHU BANK

कृषि विकास बैंकद्वारा अटिजम केयर सेन्टरलाई १ लाख रुपैयाँ सहयोग

काठमाडौं । कृषि विकास बैंकले अटिजम केयर सेन्टरलाई आर्थिक सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत  चन्द्रागिरी नगरपालिका वडा नम्बर-१२ बलम्बुमा सञ्चालनमा रहेको अटिजम केयर सेन्टरलाई आर्थिक सहयोग गरेको हो ।

अटिजम भएका बालबालिकाहरुको हेरचाह, आधारभूत शिक्षण तथा सिकाई कार्यको लागि आर्थिक सहयोग हस्तान्तरण गरेको कृषि विकास बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत प्रताप सुवेदीले बताएका छन् । सुवेदीका अनुसार बैंकले अटिजम, बौद्धिक अपाङ्गता केयर सेन्टरलाई आर्थिक सहयोग स्वरुप १ लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।

त्यस्तै, अटिजम केयर सेन्टर सञ्चालन भएको स्थल बलम्बुमा जानको लागि सहज होस भनेर कृषि विकास बैंकको सहयोगमा पुथ्वी राजमार्ग अन्तर्गत गुर्जुधारा चोकदेखि बलम्बु, पशुसेवा कार्यालय, चन्द्रागिरी वडा नम्बर १२, पुलको मुख र चन्द्रागिरी वडा नम्बर १ देखि अटिजम केयर सेन्टर सञ्चालनस्थलसम्म सडकमा अटिजम केयर सेन्टर जाने बाटो लेखिएका जानकारीमुलक (न्यारेसन बोर्ड) प्लेट पनि राखिएको छ ।

महिला उत्प्रेरणा विकास मञ्चद्धारा सञ्चालित अटिजम केयर सेन्टर बलम्बुमा अहिले आंशिक र नियमित गरी १५ जना बालबालिका सिकाई प्रक्रियामा रहेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै