DISH HOME

क्युआर बाहेकको विदेशी मुद्रा भुक्तानीमा आरपीएस प्रयोग गर्न राष्ट्र बैंकको आग्रह

काठमाडौँ । नेपाल राष्ट्र बैंकले क्युआर बाहेकको विदेशी मुद्रामा हुने अन्तर्देशीय भुक्तानीमा रिटेल पेमेन्ट स्विच (आरपीएस) प्रयोग गर्न आग्रह गरेको छ । राष्ट्र बैंकले बिहीबार भुक्तानी प्रणाली सम्बन्धी निर्देशन–२०८० मा थप व्यवस्था गर्दै सबै भुक्तानीका साधनहरूलाई यस्तो आग्रह गरेको हो ।

क्यूआरलगायतका विद्युतीय माध्यम (कार्ड बाहेक) बाट विदेशी मुद्रामा हुने अन्तर्देशीय रिटेल पेमेन्ट अन्तर्गतको मर्चेन्ट पेमेन्ट (पी२एम)को अक्वायरिङ्ग तथा ईस्युइङ्ग कारोबार गर्दा राष्ट्रिय भुक्तानी स्विच पूर्ण रुपमा सञ्चालनमा नआएसम्म सो अन्तर्गतको रिटेल पेमेन्ट स्विच (आरपीएस) मार्फत हुने गरी कारोबार गर्न बैंकले निर्देशन गरेको हो ।

यो व्यवस्था लागू भए पश्चात् यस्तो कारोबार गर्न चाहने भुक्तानी सेवा प्रदायक संस्थाले विदेशीसँग समझादारी (एमओयू) गर्नुपूर्व राष्ट्र बैंकको भुक्तानी व्यवस्थापन विभागसँग पूर्वसहमति लिनुपर्ने पनि राष्ट्र बैंकले जनाएको छ ।

क्युआर बाहेकको विदेशी मुद्रा भुक्तानीमा आरपीएस प्रयोग गर्न राष्ट्र बैंकको आग्रह

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै