PRABHU BANK

एक्सेल डेभलपमेण्ट बैंकद्वारा विभिन्न स्थानहरूमा डस्टबिन वितरण

काठमाडौँ । एक्सेल डेभलपमेण्ट बैंकले फोहोर व्यवस्थापनमा सहयोग पुर्याउन डस्टबिन वितरण गरेको छ । बैंकले झापाको गौरादह नगरपालिकाको बैगुनधुरा बजारभित्रका विभिन्न स्थानहरूमा ७ थान डस्टबिन वितरण गरेको हो ।

कार्यक्रममा अतिथिका रुपमा बैगुनधुरा बजार व्यवस्थापन समितिका हालका अध्यक्ष राजेन्द्र पोखरेल साथै बजार व्यवस्थापन समितिका पूर्व अध्यक्ष सिताराम पोखरेलले बैंकको यस पहललाई धन्यवाद दिदैँ बजारको सफाई र फोहोर व्यवस्थापनमा यस प्रकारको योगदान अत्यन्तै सराहनीय भएको बताएका छन् ।

सो कार्यक्रममा बैंकका कर्मचारी, स्थानीय बासिन्दा, तथा समाजसेवीहरूको सक्रिय सहभागिता रहेको थियो ।

सफा र हरियाली शहर निर्माण सबैको सामूहिक जिम्मेवारीका साथै यस डस्टबिन वितरण कार्यक्रममार्फत समुदायलाई फोहोर व्यवस्थापनमा सहज पुग्ने छ ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै