PRABHU BANK

‘आगामी आर्थिक वर्ष सहज र सम्भावनायुक्त छ’: अशोक शेरचन

काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनले आगामी आर्थिक वर्ष सहज र सम्भावनायुक्त रहेको बताएका छन् । नेपाल व्यवस्थापन संघले आयोजाना गएको आगामी आर्थिक वर्ष २०८१-०८२ को मौद्रिक नीतिबारे भएको छलफलमा उनले आगामी आर्थिक वर्ष सुनौला अवसरहरूसहित सामुन्नेमा रहेको बताएका हुन् ।

नेपालमा रेमिट्यान्स प्रर्याप्त मात्रामा भित्रिरहेको भन्दै शेरचनले अगाडिका दिन सहज र सम्भावनायुक्त रहेको बताएका हुन् ।

उनले जुन रूपमा विदेशी मुद्राको सञ्चिति छ, त्यसले नयाँ ढङ्गले काम गर्ने अवसर प्रदान गरेको पनि उनको भनाइ रहेको छ ।

नेपालको हालको सुस्त अर्थतन्त्रको जिम्मेवार आफैँ नै रहेकाले सुधार समेत आफैँले गर्नुपर्ने शेरचनको भनाइ छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै