PRABHU BANK

राष्ट्र बैंकद्वारा खुलाबजार कारोबार सम्बन्धी कार्यविधि संशोधन, स्थायी निक्षेप साताको तीन दिन राख्न पाइने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले खुलाबजार कारोबार सम्बन्धी कार्यविधि संशोधन गरेको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तिय संस्थाहरुले एक सातामा तीन दिन स्थायी निक्षेप सुविधा उपभोग गर्न पाउने गरि  खुलाबजार कारोबार सम्बन्धी कार्यविधि संशोधन गरेको हो ।

राष्ट्र बैंकले यसभन्दा अघि साताको २ दिन उपभोग गर्न सक्ने स्थायी निक्षेप सुविधालाई संशोधन गरेर साताको तीन दिन उपभोग गर्न पाउने बनाएको छ ।

बैंक तथा वित्तिय संस्थाहरूले आइतबार र बुधबार गरि दुई दिन मात्रै स्थायी निक्षेप सुविधा प्रयोग गर्न सक्ने व्यवस्थालाई संशोधन गरेर अब साताको आइतबार, मंगलबार र बिहीबार स्थायी निक्षेप सुविधा प्रयोग गर्न पाउने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ ।

यसअघि केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा मार्फत स्थायी निक्षेप सुविधा सम्बन्धित व्यवस्थाहरूमा पुनरावलोकन गर्ने भनेको थियो । सोही अनुसार केन्द्रीय बैंकले कार्यविधि संसोधन गरेर स्थायी निक्षेप सम्बन्धी व्यवस्थाहरुलाई खुकुलो बनाएको हो ।

साथै केन्द्रीय बैंकले स्थायी निक्षेप सुविधाको न्यूनतम रकम १० करोड र सोभन्दा बढीको हकमा ५ करोडले भाग गर्दा निःशेष रहने अङ्क हुनुपर्ने व्यवस्था गरेको छ । यसभन्दा अघि यस्तो सीमा न्यूनतम रकम २० करोड र सोभन्दा बढीको हकमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष रहने अङ्क हुनुपर्ने व्यवस्था रहेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै