PRABHU BANK

सिटिजन्स बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको कालिकानगर शाखाले महिला तथा गृहिणीहरुलाई लक्षित गरि वित्तीय साक्षरता सम्बन्धी सचेतानामूलक कार्यक्रम सञ्चालन गरेको छ । आइतबार बुटवल उपमहानगरपालिका- ६ मा रहेको जयन टेक्निकल कलेज अफ टेक्नोलोजीमा क्षमता विकास गर्नको निमित्त सञ्चालन सिपमुलक तालिममा आवद्घ भएका महिला तथा गृहिणी हरुलाई वित्तिय साक्षरता सम्बन्धी सचेतनामुलक ज्ञान दिएको हो ।

कार्यक्रममा बैंकको तर्फबाट कालिकानगर शाखा प्रबन्धक हरि खनाल, कर्मचारी रवि काफ्ले र कृती पाण्डेले उक्त कार्यक्रमको सहजीकरण गरेका थिए । बचत, विप्रेषण, कर्जा, डिजिटल कारोबार सम्बन्धी महत्वका विषयमा कार्यक्रमामा छलफल गरिएको थियो ।

वित्तीय साक्षरता सम्बन्धी उक्त कार्यक्रमले महिला तथा गृहिणीहरुलाई वित्तीय ज्ञानको लागि धेरै ठूलो सहयोग पुग्ने बैंकको विश्वास छ ।  कार्यक्रममा ५० देखि ५५ जना महिला तथा गृहणी सहभागी रहेका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै