PRABHU BANK

एकै दिन ७ अर्ब रुपैयाँले बढ्यो बैंकिङ प्रणालीको निक्षेप

काठमाडौँ । बैंकिङ प्रणालीमा एकै दिन ७ अर्ब रुपैयाँले निक्षेप बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार असार ५ गतेसम्म ६२ खर्ब ६५ अर्ब रहेको निक्षेप असार ६ गते ७ अर्बले बढेर ६२ खर्ब ७२ अर्ब पुगेको हो ।

निक्षेप बढेसँगै बैंकिङ प्रणालीको कर्जा प्रवाह पनि बढेको छ । असार ५ गतेसम्म कर्जा प्रवाह ५१ खर्ब ३५ अर्ब रहेकोमा ६ गते ५१ खर्ब ३७ अर्ब पुगेको हो । एकै दिनमा कर्जा प्रवाह २ अर्बले बढेको छ ।

त्यस्तै, वाणिज्य बैंकहरूको निक्षेप पनि ५५ खर्ब ५२ अर्ब पुगेको छ । सो अवधिमा वाणिज्य बैंकबाट ४५ खर्ब ४४ अर्ब कर्जा प्रवाह भएको राष्ट्र बैंकको तथ्यांकले दखाएको छ ।

यता सिडी रेशियो घट्दै ७९.७७ प्रतिशत कायम भएको छ भने अन्तर बैंक ब्याजदर ३.०० प्रतिशत कायम भएको छ । असार ५ गते सिडी रेशियो ७९.८३ प्रतिशत थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै