PRABHU BANK

‘बैंक तथा वित्तीय संस्थाको जोखिमपूर्ण सम्पत्ति व्यवस्थापनमा सहकार्य गरौँ’: सरोकारवाला

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाको जोखिमपूर्ण सम्पत्ति व्यवस्थापनका लागि हातेमालो गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । उनीहरूले नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आइतबार आयोजना गरेको ‘नेपाली बैंकिङ क्षेत्रमा जोखिमपूर्ण सम्पत्तिको व्यवस्थापन’ विषयक छलफल कार्यक्रममा सरोकारवालाहरूले यस्तो जोड दिएका हुन् ।

बैंक तथा वित्तीय संस्थाका सरोकारवालाहरूले अब सबैको हातेमालो र समन्वयले मात्रै वित्तिय क्षेत्रको जोखिमपूर्ण सम्पत्ति व्यवस्थापन हुन सक्ने बताएका छन् ।

सो छलफल कार्यक्रममा अर्थमन्त्रालयका सहसचिव नारायण प्रसाद रिजालले वित्तीय क्षेत्र सुधारका लागि सबै निकायबीच समन्वय आवश्यक रहेको बताएका छन् । उनले सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानको रकम निकासा प्रक्रियामा रहेको पनि जानकारी दिएका छन् । 

उनले बैंकको ऋण तिर्दिनँ भन्ने व्यक्ति तथा समूहलाई पनि कानुनी कारवाहीमा ल्याउनु पर्ने उल्लेख गरेका छन् । ‘प्रणालीलाई नै असर गर्ने गरी ऋणीलाई भड्काउने काम गर्नु हुँदैन । नियतवश बैंकको ऋण तिर्दिनँ भन्नेलाई कानुनी कारवाहीमा ल्याउनु पर्छ,’ सहसचिव रिजालले भने ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै