PRABHU BANK

‘खराब कर्जाको स्थिति देखेर डराउनु पर्दैन’: कार्यकारी निर्देशक पौडेल

काठमाडौँ। नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले अहिले खराब कर्जाको स्थिति देखेर डराउनु पर्ने अवस्था नरहेको बताएका छन् । राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुखसमेत रहेका पौडेलले यस्तो बताएका हुन् ।

उनले अहिले निर्माण तथा उद्योग क्षेत्रमा नकारात्मक वृद्धिदर रहेकोले बैंकिङ क्षेत्रमा पनि असर परेको र त्यस क्षेत्रमा सुधार आउने बित्तिकै बैंकिङ क्षेत्र पनि चलायमान हुने धारणा राखेका छन् ।

पौडेलले बैंक तथा वित्तीय संस्थाको खराब कर्जा बढेकै हो भने अतिरिक्त पुँजीको गृहकार्य गर्न सकिने व्यवस्था रहेको जनाएका छन् । साथै, उनले डिबेन्चर जारी गरेर पनि पुँजी कोषमा सहजता ल्याउन सकिने बताएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै