PRABHU BANK

५० हजारको लोभले ब्लुबुक किर्ते गरेर एभरेष्ट बैंकको गाडी बेच्ने ४ जना पक्राउ

काठमाडौँ । ५० हजारको लोभले ब्लुबुक किर्ते गरेर एभरेष्ट बैंकको गाडी बेच्ने ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धुम्बाराही बस्ने ३८ वर्षीय वीरेन्द्र सिंह साउद, कोटेश्वर बस्ने ३३ वर्षीय शान्तकुमार मगर, बुढानीलकण्ठ बस्ने ३८ वर्षीय मनोजकुमार सुनार बराली ३२ वर्षीय पवन सिंह रहेका छन् ।

प्रहरीका अनुसार वीरेन्द्र सिंह साउदले ५० हजारको लोभले किर्ते ब्लुबुकमा फोटो टाँस्ने काम गरेको खुलासा भएको छ ।

अभियुक्तहरूले सवारीधनी एभरेष्ट बैंक र ऋणी गजेन्द्र लोहनी विश्वकर्मा भएको बा २० च ६४६७ नम्बरको गाडीको सवारी दर्ता किताबमा कीर्ते गरी उक्त गाडी खरिदबिक्री गरेका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै