PRABHU BANK

‘बैंक तथा वित्तीय संस्थाहरूले ऋण प्रवाहमा ध्यान नदिँदा खराब कर्जा बढ्यो’ : ऋषभ भट्टराई

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकका कृषि तथा सामाजिक बैंकिङ विभागका प्रमुख ऋषभ भट्टराईले कोभिडको कारण आर्थिक सङ्कटमा परेका बैंक तथा वित्तिय संस्थाहरू कर्जामा लचिलो बन्दा खराब कर्जा बढेको बताएका छन् । भट्टराईले मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रमका बोल्दै यस्तो बताएका हुन् ।

उनले बैंक तथा वित्तिय संस्थाहरूले कोभिडपछि अन्धाधुन्ध ऋण प्रवाह गर्दा अहिले खराब कर्जा बढेको बताएका हुन् ।

कोभिड महामारीका कारण लामोसमय सम्मको आर्थिक शिथिलतालाई चलायमान बनाउँन बैंक तथा वित्तिय संस्थाहरूले उदारतापूर्वक लचिलो भएर कर्जाको कारोबार बढाउँदा खराब कर्जाको अनुपात ह्वात्तै बढ्न पुगेको प्रमुख भट्टराईको भनाई छ ।

प्रमुख भट्टराईले भने, ‘कोभिडको समयमा लामो समयसम्म लकडाउन भयो । लामो समयसम्म आर्थिक तथा अन्य गतिविधिहरूमा शिथिलता देखियो । जसले गर्दा बैंक तथा वित्तीय संस्थाहरूले यसलाई अगाडि बढाउनको लागि अलि उदारतापूर्वक लचिलो हिसाबले आफ्ना कर्जाको कारोबारहरू बढाए । जसको प्रभाव खराव कर्जाको अनुपात ह्वात्तै बढेको देखिन्छ ।’

यस्तै, अहिले लगानीको वातावरण नबन्नुमा केही राष्ट्रिय र अन्तराष्ट्रिय आर्थिक समस्याहरू पनि रहेको बताएका छन् । कोभिड महामारी र रुस युक्रेन युद्धको प्रभाव त छँदैछ त्यसै माथि हिजो नीतिगत सुधार गर्न खोज्दा आएका समस्याका कारण पनि लगानीकर्ताहरूमा कन्फिडेन्स लेभल घट्दै गएको भट्टराईको भनाई छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै