prabhu

नेपाल बैंकले ल्यायो कर्जा ग्राहकहरूलाई ब्याज छुट योजना, साधारण ब्याज रकममा समेत ५ प्रतिशत छुट

काठमाडौँ । नेपाल बैंकले बैंकबाट कर्जा लिएका ग्राहकहरूका लागि छुट योजना ल्याएको छ । बैंकबाट ऋण लिएर वि.सं.२०७५ साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बक्यौता सावाँ ५० लाख सम्मका खराब तथा अपलेखन कर्जा ग्राहकहरूलाई ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरेको हो ।

साथै, २०७६ साल वैशाखदेखि हालसम्मका कर्जा ग्राहकहरूले कर्जाको बुझाउनुपर्ने सम्पूर्ण सावाँ, ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा पेनाल ब्याज र ब्याजको ब्याजमा सम्पूर्ण छुट दिई साधारण ब्याज रकममा समेत ५ प्रतिशत छुट दिने विशेष व्यवस्था गरिएको बैंकले जनाएको छ ।

उक्त ब्याज छुट योजना वि.सं. २०८१ आषाढ मसान्तसम्म मात्र लागू हुने र यसमा शर्त तथा बन्देजहरू लागु हुने पनि बैंकले जनाएको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै