PRABHU BANK

गरिमा विकास बैंकले ‘गरिमा तीजको लहर’ टिकटक प्रतियोगिता आयोजना गर्ने

Garima Bikas Bank
  • बैंकिङ संसार
काठमाडौं । गरिमा विकास बैंकले नेपाली दिदीबहिनीहरुको लागि ‘गरिमा तीजको लहर’ टिकटक प्रतियोगिता आयोजना गर्ने भएको छ । बैंकले नेपाली नारीहरुको महान चाड हरितालिका तीजलाई लक्षित गरी उक्त टिकटक प्रतियोगिता आयोजना गर्ने भएको हो । यस टिकटक प्रतियोगितामा नेपाल भित्र रहेको सबै नेपाली दिदीबहिनीहरुले भाग लिन सक्नेछन् । यस प्रतियोगितामा प्रतियोगीहरुले भिडियो बनाउँदा तीजको मर्मलाई ख्यालमा राखी यस पर्वलाई सकारात्मक तरिकाले व्याख्या गर्ने कुनै पनि गित अथवा कन्सेप्टमा टिकटक भिडियो बनाउनुपर्ने हुनेछ ।
यस पर्वको मर्म विपरीत बनेको वा उत्श्रृङ्खल तवरले बनेका भिडियोहरुलाई विजेताको रुपमा छनोट गरिने छैन । यस प्रतियोगिताको विजेताले रु ९,००० उप-विजेताले रु ६,००० र तेस्रो हुनेले रु ३,००० जित्न सक्नेछन् । एउटा अत्याधिक राम्रो कन्सेप्टमा बनेको भिडियोले रु २,००० जित्न सक्नेछन् । विजेताको घोषणा भिडियोमा आउने लाईकको आधारमा हुनेछ भने बेस्ट कन्सेप्ट भने अत्याधिक राम्रो कन्सेप्टमा बनेको भिडियोको आधारमा हुनेछ ।
बैंकले यस टिकटक प्रतियोगिताको विस्तृत जानकारीहरु साथै शर्तहरुलाई फेसबुक र बेबसाईटमा राखेको छ । ईच्छुक महिला टिकटकरहरुले मिति २०७८/०५/१० गते देखि २०७८/०५/२४ गतेसम्म टिकटक भिडियोको क्यापसनमा #GarimaTeejkolahar र#Garimabikasbankह्यासट्याग प्रयोग गरि टिकटक भिडियो बनाउन सक्नेछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै