prabhu

तत्कालीन सेञ्चुरी बैंकका अध्यक्ष श्रेष्ठसहित ८ जनालाई हाजिरी जमानीमा छोड्न अदालतको आदेश

काठमाडौं । तत्कालीन सेञ्चुरी कमर्सियल बैंकका अध्यक्ष राजेश श्रेष्ठसहित ८ जनालाई हाजिरी जमानीमा छोड्न अदालतले आदेश दिएको छ । बुधबार उनीहरूलाई हिरासतमा राख्नका लागि म्याद थप गर्न उच्च अदालत पाटनले अस्वीकार गर्दै हाजिरी जमानीमा छोड्न आदेश दिएको हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जेठ २८ गते बैंकका अध्यक्ष श्रेष्ठ, सञ्चालक समितिका तत्कालीन सदस्यहरू सुनिलकुमार न्यौपाने, प्रा. डा. गीताभक्त प्रधान, रमेश कुमार निरौला, उमा कुमारी श्रेष्ठ, राजेशकुमार दली र शिव रिसाललाई पक्राउ गरेको थियो ।

सिआईबीको अनुसन्धानबाट बैंकले दिएको ऋणमध्ये ९७ करोड ४१ लाख रुपैयाँ धितोले खाम्नेभन्दा बढी (ओभर भ्यालुएसन) भएको खुलेपछि उनीहरु पक्राउ परेका थिए ।

सीआईबीका प्रमुख श्याम ज्ञवालीका अनुसार सीआईबीले उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान गर्नका लागि म्याद थप गराउन चाहेको भएपनि यसअघिको म्याद मंगलबार सकिएपछि बुधबार अदालत उपस्थित गराइएकोमा अदालतले म्याद थप गर्न अस्वीकार गरेको  हो ।

 

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै