PRABHU BANK

कर्पोरेट डेभलपमेन्ट बैंकले १६औं वार्षिक साधारणसभा गर्दै, के-के छन् मुख्य एजेण्डा ?

काठमाडौँ । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले वार्षिक साधारणसभा गर्ने भएको छ । बैंकले असार १९ गते १६औं वार्षिक साधारणसभा गर्ने भएको हो ।

बैंकको जेठ ३० गते बसेको सञ्चालक समितिको बैठकले वीरगञ्जस्थित बैंकको प्रधान कार्यालयमा बिहान ७:१५ बजे वार्षिक साधारणसभा बस्ने निर्णय गरेको छ ।

सभाले आर्थिक वर्ष २०७९-८० को संचालक समिति र लेखापरीक्षकको प्रतिवेदन सहित आव २०७८-७९ को वासलात, नाफा नोक्सान, नगद प्रवाह लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक पनि निर्धारण गर्ने बैंकले जनाएको छ ।

कर्पोरेट डेभलपमेन्ट बैंक र अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जरका लागि आवश्यक कार्य गर्न, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ । सभा प्रयोजनार्थ बैंकले असार १ गते बुक क्लोज गरेकाले जेठ ३१ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै