prabhu

स्टान्डर्ड चार्टर्ड बैंकबाट सहुलियत कर्जा लिएर समयमा नतिर्ने १४ जना कालोसूचीमा, भुक्तानी गर्न ३५ दिने म्याद

काठमाडौँ । स्टान्डर्ड चार्टर्ड बैंकबाट सहुलियत कर्जा लिने १४ जना ऋणीहरू खराब सूचीमा परेका छन् । समयमा कर्जा भुक्तानी नगरेपछि १४ जना ऋणीहरू खराब सूचीमा परेका हुन् ।

बैंकबाट लिएको कर्जाको साँवा, ब्याज लगायत दस्तुर भुक्तानी नगरेपछि उनीहरूलाई खराब सूचीमा राखेको बैंकले जनाएको छ । बैंकले खराब सुचीमा परेका ऋणीहरूलाई कर्जाको साँवा, ब्याज, हर्जाना भुक्तानी गर्न ३५ दिने म्याद दिएको छ ।

बैंकबाट कर्जा लिनेमा ज्योत्सना मुडभरी, रितु महर्जन, कमला श्रेष्ठ, दिपिका मुखिया लिम्बु, निर्जला पौडेल अधिकारी, दमन्ती कुमारी थापा, सन्तोषी श्रेष्ठ, अनिता खड्का कपाली, अकिला वानु, स्मृति साह हल्वाई, सुरेखा कुमारी दास, साकिरा खातुन हल्वाई, गुडी कुमारी र कान्ती चौधरी रहेका बैंकले जनाएको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै