PRABHU BANK

सहुलियतपूर्ण कर्जाका लागि करिब २० करोड रुपैयाँ स्वीकृत

काठमाडौँ । सहुलियतपूर्ण कर्जाका लागि करिब २० करोड रुपैयाँ स्वीकृत भएको छ । चालु आर्थिक वर्षको १० महिनासम्म  विभिन्न प्रकारका सहुलियतपूर्ण कर्जाका लागि १९ करोड ८९ लाख ८७ हजार ४० रुपैयाँ स्वीकृत भएको हो ।

राष्ट्र बैंकका अनुसार स्वीकृत भएकोमध्ये १३ करोड ८७ लाख ६ हजार ७ सय ६४ रुपैयाँ कर्जा प्रवाह हुन बाँकी रहेको छ ।

त्यस्तै, उक्त कर्जा सबै प्रकारका बैंक तथा वित्तीय संस्थाबाट १ लाख २६ हजार १ सय ९१ ऋणका लागि स्वीकृत भएको हो । वैशाखसम्म कुल स्वीकृत सहुलियतपूर्ण कर्जाका लागि २,२३,९०,८१६.०९ रुपैयाँ ब्याज अनुदान दिइएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै