PRABHU BANK

राष्ट्रिय वाणिज्य बैंक र नेपाल क्लियरिङ हाउसबीच क्रस बोर्डर कारोबार सम्बन्धी सम्झौता, दुवै देशका नागरिकले डिजिटल प्रविधिको सुविधा पाउने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउसबीच क्रस बोर्डर कारोबार गर्नेसम्बन्धी सम्झौता भएको छ । बैंकका ग्राहकहरू तथा भारतीय ग्राहकहरूले एक देशबाट अर्को देशमा मोबाइल बैंकिङ तथा क्यु आर कोडको माध्यमबाट कारोबार गर्न पाक्नेगरि डिजिटल प्रविधिको व्यवस्था मिलाउन दुई संस्थाहरू बिच सम्झौता भएको भएको हो ।

यसले भारतबाट नेपालमा रकम प्राप्त गर्न सहज हुने बैंकले जनाएको छ । यस्तो कारोबार नेपाल राष्ट्र बैंकले तोकेको सिमा र परिधिभित्र रहेर गर्न सकिने छ भने एनसिएचएलको माध्यमबाट यस्ता कारोबारहरू हुने बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

सम्झौतामा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देबेन्द्ररमण खनाल र नेपाल क्लियरिङ हाउस लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै