PRABHU BANK

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा प्रभात माध्यमिक विद्यालयका विद्यार्थीहरुला १५० थान व्याग वितरण

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले प्रभात माध्यमिक विद्यालयका विद्यार्थीलाई ब्याग वितरण गरेको छ । बैंकले काठमाडौं स्थित प्रभात माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई स्कुल ब्याग वितरण गरेको गरेको हो ।

वित्तीय शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गरेसँगै उक्त विद्यालयमा अध्ययनरत कक्षा ७, ८, ९ र १० का विद्यार्थीहरूलाई १ सय ५० थान स्कुल ब्याग, ६५ वटा कापी तथा ६५ वटा कलम वितरण गरेको हो ।

कार्यक्रममा बैंकको तर्फबाट प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशी र प्रभात माध्यमिक विद्यालयको तर्फबाट प्रधानाध्यापक राजेश्वर मान श्रेष्ठको उपस्थिति रहेको सँगै ब्याग वितरणले विद्यार्थीहरूलाई सहजता ल्याउने बैंकको विश्वास छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै