PRABHU BANK

पेन्सन कोषको डेढ अर्ब लगानी गर्दै राष्ट्र बैंक, निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले जेठ २७ सम्म निवेदन दिनुपर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले मुद्दती निक्षेपमा करिब डेढ अर्ब लगानी गर्ने भएको छ । राष्ट्र बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको १ अर्ब ४३ करोड रुपैयाँ रकम बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो ।

राष्ट्र बैंकले २०८१ असार ३ गतेदेखि २०८२ असार ३ गतेसम्म मुद्दती निक्षेपमा लगानीगर्ने भएकोले मुद्दती निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले जेठ २७ गते राती ७ बजेभित्र आफूले लिन चाहेको रकम र उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर समेत खुलाएर आवेदन पेश गर्नुपर्नेछ ।

बैंकले वाणिज्य बैंक, विकास बैंक र राष्ट्रिय स्तरका वित्त कम्पनीको मुद्दती निक्षेपमा लगानी गर्दै छ जसमा राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा १ अर्ब १४ करोड ४० लाख रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकमा २१ करोड ४५ लाख रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरूमा ७ करोड १५ लाख रुपैयाँ लगानी गर्न लागेको  राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार आवेदन दिनका लागि बैंक तथा वित्तीय संस्थाको निष्कृर्य कर्जा कुल कर्जा सापटको ५ प्रतिशत भन्दा कम भएको हुनुपर्नेछ भने रियल स्टेट कर्जा पनि बैंकबाट तोकिएको सीमा भन्दा बढी नभएको हुनुपर्ने छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै