PRABHU BANK

ग्लोबल आइएमई बैंकले विद्युतीय सवारी कर्जा दिँदै !

काठमाडौँ । ग्लोबल आइएमई बैंकले विद्युतीय सवारी कर्जा उपलब्ध गराउने भएको छ । बैंकले त्रिवेणी मोटोकर्पका आधिकारिक बिक्रेताले बिक्री गर्ने विद्युतीय सवारी साधन खरिदका लागि सस्तो ब्याजदरमा सहज कर्जा उपलब्ध गराउने भएको हो ।

ग्लोबल आइएमई बैंक र त्रिवेणी मोटोकर्प प्रालिबीच विद्युतीय सवारी कर्जासम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

त्यस्तै, उक्त सम्झौता अनुसार बैंकले त्रिवेणी मोटोकर्प तथा उक्त कम्पनीका आधिकारिक बिक्रेताले बिक्री गर्ने विद्युतीय सवारी साधन खरिदका लागि सर्वसुलभ व्याजदरमा छिटो, छरितो र सहज कर्जा प्रवाह गर्नेछ ।

सो समझदारी पत्रमा बैंकका साना, मझौला तथा खुद्रा एवं कृषि कर्जा विभाग प्रमुख नरहरि सिलवाल र त्रिवेणी मोटोकर्प प्रालिका तर्फबाट वरिष्ठ महाप्रबन्धक अनुज कुमार गोयलले हस्ताक्षर गरेका हुन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै