PRABHU BANK

इन्फोसिस फिनाकल प्रोसेस इनोभेसन अवार्डद्वारा ग्लोबल आइएमई बैंक सम्मानित

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड इन्फोसिस फिनाकलको प्रोसेस इनोभेसन अवार्ड २०२४ बाट सम्मानित भएको छ । इन्फोसिस फिनाकलद्वारा आयोजित उक्त अवार्ड कार्यक्रममा ग्लोबल आइएमई बैंकलाई इन्टिग्रेसन अफ सेक्युरिटी डिपोजिट लकर इसुयन्स एण्ड इकमर्स कार्ड इसुयन्स विधामा उत्कृष्ट बैंकको रुपमा सम्मान गरिएको हो ।

बैंकले पाएको यस सम्मानले बैंकलाई आउँदा दिनमा थप नवीन र अत्याधुनिक प्रविधिका बैङ्किङ सफ्टवेयरहरू प्रयोग गर्दै सबैका लागि सुरक्षित र सहज बैङ्किङ सेवा प्रदान गर्न थप हौसला मिलेको बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै