PRABHU BANK

‘वित्तीय क्षेत्रको नीतिमा केही फरक गर्नुपर्छ’: गभर्नर अधिकारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वित्तीय क्षेत्रको नीतिमा केही फरक गर्नुपर्ने बताएका छन् । गभर्नर अधिकारीले आइतबार इकोनोमिक मिडिया सोसाइटी नेपालको कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

उनले भने, ‘वित्तीय क्षेत्रको नीतिमा हामीले केही फरक गर्नुपर्छ भन्ने हामीलाई लागेको छ । नीतिगत दर, कर्जाको ब्याजदरलगायतका कुरामा आगामी मौद्रिक नीतिले केही समेट्नेछ, हामीले गरेका केही सुधारका क्रियाकलापहरूमा ज्यादै नै अब्जेक्सन हुने गरेको छ । यस्ता कुरामा अब्जेक्सन नगरिदिन आग्रह गर्दछु ।’

गभर्नर अधिकारीले अहिलेको बजेटमा धेरै कुराको मध्यनजर गर्दै निजी क्षेत्रलाई केन्द्रमा राखेको बताएका छन् ।

त्यस्तै, बजेटमा लिएका लक्ष्यअनुसार ६ प्रतिशतको आर्थिक वृद्धि र ५.५ प्रतिशतको मुद्रास्फिति कायम राख्न सकिन्छ भन्नेमा आफू ढुक्क रहेको उनको भनाइ छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै