prabhu

प्रभु बैंकका ग्राहकलाई हिमाल हस्पिटलको सेवा सुविधामा २० प्रतिशतसम्म छुट

काठमाडौँ । प्रभु बैंकका ग्राहकलाई हिमाल हस्पिटलमा छुट हुने भएको छ । बैंकका ग्राहक तथा कर्मचारीलाई ज्ञानेश्वर स्थित हिमाल हस्पिटलको सेवा सुविधामा विशेष छुट हुने भएको हो ।

बैंक र हस्पिटलबीच भएको सम्झौता अनुसार बैंकका ग्राहक तथा कर्मचारीले हस्पिटलको उपचार सेवा लिँदा अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडी टिकट बाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी लगायतका सेवाहरूमा १० देखी २० प्रतिशत तथा शल्यक्रिया शुल्कमा १० प्रतिशतसम्म छुट पाउनेछन् ।

यो छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरूले प्रभु बैंकको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिभिलेज कार्ड मध्ये कुनै एक हस्पिटलमा पेश गर्नुपर्छ ।

त्यस्तै, एक समारोहकाबीच हिमाल हस्पिटलका तर्फबाट व्यवस्थापकीय निर्देशक नवीन ताम्ली र प्रभु बैंकका तर्फबाट प्रमुख बजार व्यवस्थापन अधिकृत रविन्द्र ढकालले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका हुन् ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै