PRABHU BANK

‘मूल्यवृद्धिका बावजुद नेपालको वित्तीय स्थिति सन्तोषजनक छ’ : गभर्नर अधिकारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विश्व परिवेशमा देखिएकोमूल्यवृद्धिका बावजुद नेपालको वित्तीय स्थिति सन्तोषजनक रहेको बताएका छन् । अधिकारीले बङ्गलादेशको ढाकामा आयोजित एसियन क्लियरिङ युनियन (एसीयु) को ५२औँ बोर्ड बैठकमा बोल्दै विश्व परिवेशमा देखिएको भू-राजनीतिक उतारचढाव र मूल्यवृद्धिका बावजुद नेपालको आर्थिक तथा वित्तीय स्थिति सन्तोषजनक रहेको बताएका हुन् ।

गभर्नर अधिकारीले एसीयुले सदस्य राष्ट्रहरूबीचको व्यापारलाई सहजीकरण गर्ने, मौद्रिक तथा प्राविधिक सहयोगलाई बढावा दिने र अहिले भैरहेका संयन्त्रलाई थप व्यवस्थित बनाउने पनि बताएका छन् ।

बैठकको दोस्रो सत्रमा सहभागी मुलुकका विद्यमान भुक्तानी संयन्त्रमाथि छलफल भएको थियो भने सो छलफलमा गभर्नर अधिकारीले नेपालको भुक्तानी प्रणालीमा भएको विकासबारे चर्चा गर्दै प्रणालीका नीतिगत र संस्थागत व्यवस्थाका बारेमा संक्षिप्‍त जानकारी गराएका थिए ।

अधिकारीले नेपालको एनपीआई र भारतको युपीआईबीच अन्तरआबद्धताले दुई देशबीचको भुक्तानी कारोबारमा सहजता ल्याउने विश्वास व्यक्त गरेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै