PRABHU BANK

सांग्रिला बैंकले शनिबार साइकल र्‍यालीको आयोजना गर्दै

काठमाडौं । सांग्रिला डेभलपमेन्टले बैंकले विश्व वातावरण दिवसको अवसरमा जेठ १९ गते शनिबार साइकल र्‍याली आयोजना गर्दै छ । बैंकले ‘इन्धन बचाऔं, वातावरणा जोगाऔं’ भन्ने नाराका साथ साइकल र्‍यालीको आयोजना गर्न लागेको हो ।

र्‍यालीमा वातावरणप्रेमी जो कोहिले पनि सहभागीता जउनपाउने बैंकले जनाएको छ । उक्त साइकल र्‍याली जेठ १९ गते बिहान ७ः०० बजे देखी सानोगौचरन मैदानबाट सुरु हुँदै नागपोखरी, नारायणहिटि, दरबार मार्ग, भद्रकाली मन्दिर, सहिद गेट, त्रिपुरेश्वर रङ्गशाला, थापाथली, माइतीघर, बिजुली बजार, नयाँ बानेश्वर,  पुरानो बानेश्वर, गौशाला, रातोपुल, जर्मन एम्बेसीबाट हुँदै सानो गौचरन मैदानमा पुगी समापन गरिने बैंकले जनाएको छ।

बैंकका चिफ अपरेटिङ्ग अफिसर अपूर्व प्रसाद जोशीले भने,‘हामी कार्यक्रम सुरु हुनुभन्दा अगाडि रुटबारेमा जानकारी गराउँछौँ ।  करिब १० किलोमिटरको यात्रा तय गरेपछि सानो गौचरनमै आएर यात्रा टुङ्गग्याउने बैंकका चिफ अपरेटिङ्ग अफिसर अपूर्व प्रसाद जोशीले बताए । कार्यक्रमलाई लिएर धेरै सकारात्मक प्रतिक्रियाहरु आइरहको पनि उनले बताए ।

डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल, बिवाइडी तथा अन्य संघ संस्थाहरुसँगको सहकार्यमा साइकल र्याली आयोजना गर्न लागिएको हो । सो साइकल र्यालीमा सहभागी भएका सम्पूर्ण सहभागीहरुलाई टिसर्ट र कुनै एक जना सहभागीहरुलाई साइकल तथा अन्य बम्पर पुरस्कार प्रदान गरिने बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै