PRABHU BANK

कुमारी बैंकको २ लाखबढी कित्ता संस्थापक सेयर बिक्रीमा, ३५ दिन भित्र आवेदन दिनुपर्ने

काठमाडौँ । कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा रहेको छ । बैंकले विभिन्न ५ जना संस्थापकहरूको नाममा रहेको २ लाख २३ हजार ४ सय ५१ कित्ता सेयर बिक्रीमा ल्याएको हो । 

हाल विद्यमान संस्थापक सेयरधनीहरुले मात्र सो सेयर खरिदका लागि आवेदन दिन पाउने बैंकले जनाएको छ । 

सेयर खरिद गर्न इच्छुक संस्थापकले ३५ दिनभित्र काठमाडौंको नक्सालस्थित बैंकको शेयर रजिष्ट्रार वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा आवेदन दिनुपर्नेछ ।

रोकिएको समय भित्र संस्थापकहरूबाट सेयर खरिदको आवेदन नपरेमा उक्त सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने सूचनामा भनिएको छ । 

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै