PRABHU BANK

साना किसान विकास लघुवित्तको संस्थापक सेयर लिलामीमा

काठमाडौँ । साना किसान विकास लघुवित्तको संस्थापक सेयर लिलामीमा रहेको छ । प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट प्रालिको स्वामित्वमा रहेको साना विकास लघुवित्त वित्तीय संस्थाको ३० हजार कित्ता संस्थापक सेयर लिलामीमा राखिएको हो ।

साना किसान सहकारी संस्थाहरू तथा अन्य विद्यमान संस्थापकहरूले खरिद गर्न पाउने गरी सेयर लिलामीमा राखिएको कम्पनीले जनाएको छ । लिलामी सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३ सय ३० रुपैयाँ तोकिएको छ ।

आवेदकले प्रतिस्पर्धात्मक मूल्य कबोल गरी बोलपत्र पेश गर्नुपर्नेछ भने बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्ता र अधिकतममा ४ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । असर १९ गतेसम्म आवेदन दिन सकिने छ ।

इच्छुकले बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलका साथै साना किसान विकास लघुवित्तका बिर्तामोड, इटहरी, बर्दिबास, हेटौंडा, गजुरी, पोखरा, बुटवल, नेपालगञ्ज, वीरेन्द्रनगर, बबरमहल, लहान र अत्तरिया शाखा कार्यालयमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । बोलपत्र फाराम पनि सोही स्थानमा पाइनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै