prabhu

बैंकहरूको नियमन, सुपरीवेक्षण र जोखिम व्यवस्थापनमा राष्ट्र बैंक कम्जोर : महालेखा परीक्षक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आफ्नो मुख्य जिम्मेवारी पूर्ण रुपले निभाउन नसकेको महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदनले देखाएको छ । महालेखाद्वारा सार्वजनिक प्रतिवेदन अनुसार बैङ्किङ क्षेत्रको नियामकीय निकाय नियमन, सुपरीवेक्षण र जोखिम व्यवस्थापनमा राष्ट्र बैंक चुकेको देखिएको हो ।  

नेपाल राष्ट्र बैंकको जोखिम व्यवस्थापन निर्देशिका, २०७३ मा जोखिम व्यवस्थापन इकाईको १४ मुख्य जिम्मेवारी तय गरेको भता पनि बैंकले जोखिम पहिचान, अनुगमन, घटनाको परिणाम, जोखिम मूल्यांकन र न्यूनीकरणकालगायतका कार्य सम्पादन गरी प्रगति विवरण तयार पारेको छैन ।

राष्ट्र बैंकले सुनको व्यापार घाटा लगायतका कारण उत्पन्न हुन सक्ने जोखिमलाई सम्बोधन गर्न, जोखिम सूचकका आधारमा कार्य सम्पादन, प्रमुख कर्मचारीको प्रतिस्थापन योजना लगायतका कार्य सम्पादन गर्न नसकेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । 

यस्तै, कार्यसम्पादनको लागि खर्च व्यवस्थापन योजना तयार गरी कार्यान्वयन गर्नु पर्नेमा राष्ट्र बैंकले उक्त योजना पनि नबनाएको देखिएको छ ।

राष्ट्र बैंक निरीक्षण तथा सुपरीवेक्षण विनियमावली, २०७४ को विनियम २८ (३) अनुसार बैंक तथा वित्तीय संस्थाहरूको सुपरीवेक्षण काम कारबाही सम्बन्धमा प्राप्त आवश्यक कागजात तथा पुस्ट्याइँहरू सुरक्षित रूपमा राख्न राष्ट्र बैंकलाई महालेखाको सुझाव छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै