PRABHU BANK

‘संकट व्यवस्थापन गर्न बैंकहरूलाई कडा नियमनमा राख्नुपर्ने हुन्छ’ : गुरु प्रसाद पौडेल

काठमाडौँ । नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलले बैंकहरूमा देखा परेका संकट व्यवस्थापन गर्न बैंकहरूलाई कडा नियमनमा राख्नुपर्ने बताएका छन् । नेपाल कानुन व्यवसायी परिषद् र सर्वोच्च अदालत बार एशोसिएसनसँगको समन्वयमा आयोजित ‘बैंकिङ कानुनको अभ्यास र नीतिगत सुधार’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पौडेलले बैंकहरूलाई निक्षेपकर्ताहरूले गर्ने विश्वास कायम राख्न र बैंकहरूमा देखा परेका संकट व्यवस्थापन गर्न बैंकहरूलाई कडा नियमनमा राख्नुपर्ने  बताएका हुन् ।

अन्तरक्रिया कार्यक्रममा पौडेलले बैङ्किङ कानून र नीतिगत व्यवस्था विषयक कार्यपत्रमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनका व्यवस्था, नेपाल राष्ट्र बैंक ऐनका मुख्य व्यवस्था, विदेशी विनिमय ऐनका व्यवस्था र बैङ्किङ कसुर तथा सजाय सम्बन्धी ऐनको व्यवस्थाहरू पनि उल्लेख गरिएको छ । 

बैंकहरूमा देखा परेका समस्याको कानुनी समाधानमा अवान्छित ढिलासुस्ती भएको भन्दै गैर बैङ्किङ सम्पत्ति नियमानुसार तेस्रो पक्षलाई बिक्री गर्दा समस्याहरू सिर्जना हुने गरेको पनि पौडेलको भनाइ छ ।

कर्जा नतिर्ने र नतिर्न उक्साउने गतिविधि गर्ने क्रियाकलापलाई कसूरमा नसमेटिएको, अव्यवस्थित कर्जा मिनाहा गरेको, कालोसूची सम्बन्धी व्यवस्था, अन्तहीन कालोसूचीमै बसिरहनु पर्ने बाध्यता रहेको र भर्चुअल एसेस्ट वा क्रिप्टो सम्बन्धी समस्या भएको पौडेलले प्रस्तुत गरेको सो कार्यपत्रमा भनिएको छ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै