PRABHU BANK

एनआईसी एशिया बैंकको मधेस प्रादेशिक कार्यालय र वीरगन्ज शाखा अब आफ्नै भवनमा

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडको मधेस प्रादेशिक कार्यालय र विरगंज शाखा आफ्नै नवनिर्मित भवनमा सारिएको छ । बैंकले मधेस प्रादेशिक कार्यालय र वीरगन्ज शाखा कार्यालय पर्सा जिल्लास्थित वीरगन्ज महानगरपालिका- १० आदर्शनगरमा नवनिर्मित आफ्नै भवनबाट सञ्चालनमा ल्याएको हो ।

यसअघि बर्दिबास नगरपालिकामा रहेको मधेस प्रादेशिक कार्यालय र वीरगन्ज महानगरपालिकामै रहेको वीरगन्ज शाखा यस नवनिर्मित भवनमा स्थानान्तरण भई सम्पूर्ण बैङ्किङ कारोबार सञ्चालन भइरहेको छ । 

बैंकले निर्माण गरेको उक्त नवनिर्मित भवनबाट प्रादेशिक कार्यालय र शाखा सञ्चालनमा ल्याएपश्चात् ग्राहकहरूलाई सम्पूर्ण किसिमका अत्यावश्यक बैङ्किङ सेवा लिन थप सहज हुने बैंकले विश्वास लिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै