PRABHU BANK

कामना सेवा विकास बैंकका ग्राहकहरूले ड्रिम इन्टरनेशनल होटलमा छुट पाउने

काठमाडाैं । कामना सेवा विकास बैंकका ग्राहकहरूले ड्रिम इन्टरनेशनल होटलमा छुट पाउने भएका छन् । बैंकका ग्राहकहरूले बुटवल रूपन्देहीमा रहेको ड्रिम इन्टरनेशनल होटल प्रालिको सेवामा छुट पाउने भएका हुन् । 

बैंक र होटल बिच ग्राहकहरूलाई १० प्रतिशत छुट दिनेबारे सम्झौता भएको छ । सो सम्झौता अनुसार बैंकका कर्मचारी र ग्राहकहरूले रेस्टुरेन्टको मेनुमा १० प्रतिशत र लजिङ शुल्कमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकका ग्राहकहरूले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै लिन सक्नेछन् ।

हाल बैंकले आफ्ना १ सय ३५ सञ्जालहरू तथा ७७ एटीएम तथा विभिन्न शाखारहित सेवा केन्द्रमार्फत सेवा सुविधाहरु प्रदान गर्दै आएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै