prabhu

नेपाल एसबीआई बैंक र क्लियरिङ हाउसबिच सीमापार भुक्तानीबारे सम्झौता

काठमाडौँ । नेपाल एसबीआई बैंक लिमिटेडले नेपाल र भारतबीचको सीमापार भुक्तानीलाई सहज बनाउन नेपाल क्लियरिङ हाउस लिमिटेडबीच सम्झौता भएको छ । बैंकले क्लियरिङ हाउससँगै सेवा ग्राहीलाई रकम स्थानान्तरणमा सहज बनाउन सीमापार भुक्तानी बारे सम्झौता गरेको हो । 

उक्त सम्झौता पत्र बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देको उपस्थितिमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेश कुमार पंडाएनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् । 

सम्झौताले नेपालमा बसोबास गर्दै आएका भारतीय नागरिकहरूले नेपाल राष्ट्र बैंकले तोकेको सीमा भित्र रहेर नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई) को माध्यमबाट नेपाल एसबीआई बैंक लिमिटेडमा रहेको आफ्नो बैंक खाताबाट भारतमा रहेको आफ्नो बैंक खातामा सीधै रकम स्थानान्तरण गर्न सक्ने भएका छन् । 

यस्तै, भारतमा बसोबास गर्ने नेपाली नागरिकहरूले पनि यूनिफाइड पेमेन्ट इन्टरफेस (यूपीआई) को माध्यमबाट नेपालमा रहेको आफ्नो बैंक खाताहरूमा सिधै रकम स्थानान्तरण गर्न सक्ने बैंकले जनाएको छ । 

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै