नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग र पिपुल्स डेन्टलबीच व्यवसायिक सम्झौता

काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग र पिपुल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि. बीच व्यवसायिक सम्झौता भएको छ । सम्झौता अनुसार बैंकिङ्गका डिम्याट सेवा प्रयोगकर्ताले हस्पिटलाको सेवामा छुट पाउने भएका छन् ।

सम्झौता पत्रमा पिपुल्स डेन्टल कलेजका प्रमुख कार्यकारी अधिकृत भिमबहादुर चन्द र नेपाल एसबिआई मर्चेण्टका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले हस्ताक्षर गरेका छन् ।

उक्त सहमतिपत्रमा उल्लेख भए बमोजिम नेपाल एसबिआई बैंकका सम्पूर्ण शाखा कार्यालयहरु तथा मर्चेण्ट बैंकिङ्गमार्फत नयाँ डिम्याट खाता खोल्दा वा हाल कायम डिम्याट खाता सञ्चालन गर्दै आएका डिम्याट सेवा प्रयोगकर्ताले विभिन्न छुट पाउने छन् ।

दन्त परिक्षण निःशुल्क, दाँत सफा गर्दा २० प्रतिशत, दाँत निकाल्ने र दाँत भर्दा १५ प्रतिशत तथा दाँत सम्बन्धी अन्य सेवामा ५ प्रतिशत तथा जनरल अस्पताल नयाँबजारले सञ्चालन गर्ने सेवाहरुमा परीक्षण निशुल्क पाइनुका साथै, बेड चार्जमा १५ प्रतिशत तथा ल्याब, भिडियो एक्स् रे, ईसिजि र ओ.टीमा क्रमशः १० प्रतिशत विशेष छुट प्रदान गर्ने सहमति भएको छ ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्