PRABHU BANK

सिटिजन्स बैंकको सञ्चालकमा ईला शर्मा नियुक्त

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालकमा ईला शर्मा नियुक्त भएकी छन् । पूर्व निर्वाचन आयुक्त समेत रहेकी शर्मालाई अध्यक्ष प्रबल जंग पाण्डेले पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् ।  

शर्माले युनिभर्सिटी अफ हल युकेबाट इन्टरनेसनल बिजनेस ल, इन्टरनेसनल ट्रेड एन्ड डिभलोपमेन्टमा एलएलएम गरेकी छन् । 

उनीसँग अन्तर्राष्ट्रिय व्यापार, कानून, जनसम्पर्क, शिक्षा र विकास लगायतका क्षेत्रमा साढे ३ दशक काम गरेको अनुभव छ । उनी सर्वसाधारतर्फबाट सञ्चालकमा नियुक्त भएको बैंकले जनाएको छ ।

निर्वाचन सम्बन्धी कानुन, नियमावली र निर्देशनमा संलग्न शर्मा उच्चस्तरीय कानूनी मस्यौदा तथा राजनीतिक सम्बन्ध समितिको अध्यक्ष समेत रहिसकेकी छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै