PRABHU BANK

एक लघुवित्तसहित ३ कम्पनीको करिव २ करोड सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । अघिल्लो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एक लघुवित्तसहित ३ कम्पनीको लगभग २ करोड सेयर सूचीकृत भएको छ ।  जेठ ७ गते ३ कम्पनीको कुल १ करोड ९१ लाख २४ हजार ३४६.७१ कित्ता सेयर सूचीकृत भएको हो ।

समता घरेलु लघुवित्त वित्तीय संस्था, युनाइटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावरको बोनस सेयर र अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको छ ।

जसमा समता घरेलु लघुवित्तको ५.४२२२ प्रतिशतले हुन आउने कुल २ लाख १३ हजार ७२०.७१ कित्ता सेयर छ भने युनाइटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावरको ५.५० प्रतिशतले हुन आउने २ लाख ३१ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै