PRABHU BANK

कामना सेवा विकास बैंकका ग्राहकले रूपन्देही सीटि डाइगोनोसिसमा १० प्रतिशत छुट पाउने

काठमाडौं । कामना सेवा विकास बैंकले बुटवल, रूपन्देही स्थित रूपन्देही सीटि डाइगोनोसिस सेन्टरसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ । बैंकका ग्राहकहरूले  सेन्टरले प्रदान गर्ने विभिन्न सेवासुविधा १० प्रतिशत सम्म छुट पाउने भएका छन् । 

स्वास्थ्य सेवाका पहुँच सर्वसाधारण व्यक्तिहरू सम्म पुर्याउने उद्धेश्यले स्थापित उक्त रूपन्देही सीटि डाइगोनोसिस सेन्टरमा मा कामना सेवा विकास बैंकका कर्मचारी र ग्राहकहरूले बैंकसँगको आबद्धताको प्रमाणको आधारमा यो सुविधा लिन सक्ने बैंकले जनाएको छ ।

हाल बैंकले आफ्ना १ सय ३५ सञ्जालहरू तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत सेवा सुविधाहरू दिँदै आएको छ ।

 


सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै