PRABHU BANK

सिटिजन्स बैंकका ग्राहकले न्यूरो कार्डियो एण्ड म्लटीस्पेसियालिटी हस्पिटलमा १० प्रतिशत छुट पाउने

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनका ग्राहकले बिराटनगर स्थित न्यूरो कार्डियो एण्ड म्लटीस्पेसियालिटी हस्पिटलमा छुट पाउने भएका छन् । बुधबार बैंक र अस्पतालबीच बैंकका ग्राहकहरुलाई छुट दिने विषयमा सम्झौता भएको हो ।

सम्झौता अनुसार बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले हस्पिटलका सेवाहरुमा १० प्रतिशत सम्मको छुट पाउनेछन् ।

बैंकले देशैभरी रहेका आफ्ना १९० वटा शाखा, १५३ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख ४० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै