PRABHU BANK

प्रभु बैंकका ग्राहकलाई होटल सरोवर र किङ्गस लाउन्ज पोखरामा विशेष छुट

काठमाडौँ । प्रभु बैंकका ग्राहकलाई होटल सरोवर र किङ्गस लाउन्ज पोखरामा विशेष छुट हुने भएको छ । बैंकले आफ्ना कर्मचारी तथा ग्राहकहरूलाई विभिन्न सेवाहरूमा छुट उपलब्ध गराउन पर्यटकीय सदरमुकाम पोखराको लेकसाइडमा रहेको होटल सरोवर प्रालि र किङ्गस लाउन्जसँग सम्झौता गरेको हो ।

सो सम्झौता अनुसार प्रभु बैंकका ग्राहकलाई, कार्ड प्रयोगकर्ताहरू, कर्मचारी तथा कर्मचारीका परिवारजनले होटल सरोवरमा उपलब्ध सेवाहरु जस्तै आवास, खाना, मनोरञ्जन सभाहल र पौडी लगायतका सेवाहरूमा विशेष छुट पाउने भएका छन् ।

त्यस्तै, किङ्गस लाउन्ज पोखरामा उपलब्ध सेवाहरू  खाना, खाजा, तथा मनोरञ्जन सुविधामा विशेष छुट पाउनेछन् । साथै, प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरूले आफ्नो बैंकसँगको आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सक्नेछन् ।

बैंकले जेठ ८ गते छुट्टाछुट्टै समारोहकाबीच होटल सरोबरको तर्फबाट मुख्य प्रबन्धक प्रतीक पहारी, किङ्गस लाउन्ज पोखराको तर्फबाट सञ्चालन प्रबन्धक अजय नकर्मी र प्रभु बैंकका तर्फबाट प्रमुख प्रदेश अधिकृत गण्डकी प्रदेश राजु राना मगरले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका हुन् ।

प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै