PRABHU BANK

सिटिजन्स बैंकका ग्राहकले आइएनजीए सपिङ कमप्लेक्सको सेवामा १० प्रतिशत छुट पाउने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र आइएनजीए सपिङ कमप्लेक्स बीच छुट सम्बन्धी समझदारी भएको छ । बैंकका सेवा ग्राहीलाई कम्प्लेक्सको सेवामा १० प्रतिशत छुट दिने बारे सम्झौता भएको हो । 

आफ्ना ग्राहकहरूलाई उत्कृष्ट सेवा सुविधाहरू दिने क्रममा सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डवाहक र मोबाइल बैंकिङ ग्राहकहरूले आइएनजीए सपिङ कमप्लेक्समा १० प्रतिशत सम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने बैंकको विश्वास छ ।

सिटिजन्स बैंकका देशैभरी १९० वटा शाखा, १५३ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ इसाईहरूबाट १७ लाख ४० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै