PRABHU BANK

मुक्तिनाथ र लुम्बिनी विकास बैंकमा खाता भएका सेवाग्राहीलाई डिम्याट खाताको नवीकरण शुल्क बुझाउन आग्रह

काठमाडौँ । मुक्तिनाथ क्यापिटल लिमिटेडले मुक्तिनाथ विकास बैंक र लुम्बिनी विकास बैंकमा खाता भएका आफ्ना सेवाग्राहीलाई डिम्याट खाताको नवीकरण शुल्क बुझाउन आग्रह गरेको छ । कम्पनिले आफ्ना सेवाग्राहीलाई डिम्याट (हितग्राही) खाताको वार्षिक नवीकरण शुल्क बुझाउन आग्रह गरेको हो ।

उक्त्त बैंकका शाखा कार्यालयमार्फत डिम्याट खाता खोलेका सेवाग्राहीलाई वार्षिक नवीकरण शुल्कबापत प्रत्येक आर्थिक वर्षको १ सय रुपियाँका दरले नवीकरण शुल्क बुझाउन भनेको हो ।

खातावालाहरूले यही असार मसान्तभित्र मुक्तिनाथ क्यापिटल, मुक्तिनाथ विकास बैंक वा लुम्बिनी विकास बैंकमध्ये आफूलाई पायक पर्नेनजिकको शाखा कार्यालयमा नवीकरण शुल्क बुझाउन सक्ने कम्पनीले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै