DISH HOME

कुमारी बैंकले ल्यायो २ लाख सम्मको फोन लोन सुविधा, क्युआर मर्चेन्टहरुलाई सहज हुने विश्वास

काठमाडौँ । कुमारी बैंक लिमिटेडले अब मोबाइल बैङ्किङ एप मार्फत  नै २ लाख सम्मको फोन लोन सुविधा सञ्चालनमा ल्याएको छ । बैंकले क्यूआर कोडबाट कारोबार गर्ने आफ्ना क्युआर मर्चेन्टहरुलाई बिना झन्झट कुमारी मोबाइल बैङ्किङ एप मार्फत नै २ लाख सम्मको कर्जा उपयोग गर्न सक्ने फोन लोनको सुविधा सञ्चालनमा ल्याएको हो ।

घरेलु, साना तथा मझौला उद्यमीहरूका वित्तिय कारोबारहरू डिजिटल माध्यममा आकर्षित गर्न अर्थात उद्यमीहरूका सानातिना वित्तिय आवश्यकताहरू परिपूर्ति हुँदा वित्तिय पहुँचमा समेत  विस्तार हुने अपेक्षाका साथ बैंकले सो सुविधा सञ्चालनमा ल्याएको हो ।

विगत २२ वर्ष देखि निरन्तर बैङ्किङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ४९ एक्सटेन्सन काउन्टर तथा ५९ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्नो सेवा दिंदैन आएको छ ।  

Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै