PRABHU BANK

महालक्ष्मी विकास बैंकले सम्पन्न गर्यो रक्तदान कार्यक्रम, २ सय ९५ पिन्ट रगत संकलन

काठमाडौँ । महालक्ष्मी विकास बैंकले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकले आफ्नो ३० औँ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

बैंकका अनुसार रक्तदान कार्यक्रममा २ सय ९५ पिन्ट रगत संकलन भएको छ ।

बैंकका अनुसार रक्तदान कार्यक्रममा २ सय ९५ पिन्ट रगत संकलन भएको छ । आइतबार बैंकले आफ्ना प्रादेशिक कार्यालयहरू तथा शाखा कार्यालयहरूगरी विभिन्न ८ शाखा कार्यालयहरूका कर्मचारीहरूको सहभागितामा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

बैंकले स्वास्थ्य क्षेत्रमा चुनौतीको रूपमा रहेको रगत व्यवस्थापनमा सहजता होस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रम सञ्चालन गरेको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै